
काठमाडौं । श्री एयरलाइन्सको विमान त्रिभूवन विमानस्थलबाट सुर्खेतका लागि आज बिहान ८ बजे उडेको विमान आकस्मिक अवतरण भएको छ ।
बिहान श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि चालक दलले तत्काल त्रिभूवन विमानस्थलमै अवतरण गराएको थियो ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । श्रीको पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।
यो जहाजमा समस्या आएपछि अर्को जहाजमा राखे यात्रुहरुलाई सुर्खेत पठाइएको छ ।























