मोरङमा २ जनाको मृत्यु

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार २०:३४

विराटनगर । मोरङका अलगअलग स्थानमा बिहीबार २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका
र बूढीगंगा गाउँपालिकामा घटना भएको हो ।

पथरीशनिश्चरे नगरपालिका–१ मा लडेकी वृद्धाको अस्पताल पुर्याउनसाथ मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–८ की ६० वर्षीया डम्बरमाया मुखिया दिउँसो ३ः२० बजेतिर आफैं लडेर अचेत भएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उपचारका लागि नगर अस्पताल पथरीमा लगेको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ ।

त्यस्तै, बूढीगंगा गाउँपालिका–३ सिमलगाछीस्थित नहरको साइडमा रहेको सिमलको रुखमुनि अचेत अवस्थामा भेटिएका ३८ वर्षीय चन्द्रप्रसाद अधिकारीको मृत्यु भएको छ । उनी दिउँसो ४ः३० बजेतिर बेहोस अवस्थामा फेला परेका थिए ।

स्थानीयले घटनाको जानकारी गराउनसाथ घटनास्थलमा पुगेको प्रहरीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल लगेको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । उनको मृत्युको कारण खुलेको छैन ।

प्रहरीले दुवै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.