कोशीमा कांग्रेस : शेखर समूहलाई बाहिरै राखेर सरकारमा

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार १३:१८

विराटनगर । पार्टीभित्रको डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर नेपाली कांग्रेसको संस्थापन समूह कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।

आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि कांग्रेस सरकारमा सहभागी भएको हो । सरकारमा सहभागी हुँदा कांग्रेसले पार्टीभित्रको प्रतिपक्ष डाक्टर शेखर कोइराला समूहलाई बाहिर राखेको छ । यद्यपि, एउटा मन्त्रालय भने कोइराला समूहलाई भाग छुट्याएर राखिएको छ ।

९ वटा मन्त्रालय रहेको कोशीमा कांग्रेस एमालेबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक मन्त्रालय आधा–आधा बाँड्ने सहमति भएको थियो । पूर्वसहमति अनुसार कांग्रेसले ४ मन्त्री र २ राज्य मन्त्रीको नाम पठाउन सकेन ।

शुक्रबार ३ मन्त्री र १ राज्यमन्त्रीले जिम्मेवारी सम्हाले । चारै जना संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहका लागि एउटा मन्त्रालय राखेर कांग्रेस सरकारमा सहभागी भएको पार्टीका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । शेखर समूहले एउटा मन्त्री र एउटा राज्यमन्त्री पाउने छ ।

प्रदेशमा शेखरले २ वटा मन्त्रालय दाबी गरेको थियो । शेखर समूहलाई मिलाउन भन्दै मन्त्रालय फुटाउने तयारी पनि भयो । तर आलोचना हुने भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार भएनन् ।

भागबन्डा गर्दा कांग्रेसले पाएको ४ मध्ये २ मन्त्रालयमा शेखर समूहको दाबी थियो । तर, संस्थापन पक्ष १ मन्त्री र १ राज्यमन्त्री मात्रै दिन तयार भयो । डेढ महिनासम्म दुवै समूह गलेनन् । त्यसपछि संस्थापन समूह सरकारमा जाँदा कोइराला समूह बाहिरै बस्यो ।

‘डेढ महिना पर्खदा उहाँ मान्नु भएन्, नमानेपछि माथिबाटै एउटा मन्त्रालय छाडेर सरकारमा जानु भन्ने कुरा आयो,’ कांग्रेस एक सांसदले भने,‘ यति भएपछि आलोचना पनि टर्ने भयो । शेखर समूह कहिले सरकारमा सहभागी हुन्छभन्ने थाहा भएन ।’ कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले गरेका छन् । उनी कृष्णप्रसाद सिटौला समूहका नेता हुन् ।

सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापनभित्रकै ज्ञानेन्द्रबहादुर कार्कीको समूहका हुन् ।

नेपाली कांग्रेस नेकपा (एमाले)बीच असार १७ गते गठबन्धन बनेपछि साउन ११ गते नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकार छाडेको थियो । १२ गते कांग्रेसले ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति गरेको थियो । तर, आन्तरिक सहमति नजुट्दा कांग्रेस सरकारमा सहभागी नभइकन प्रदेशसभा बैठकमा भने सत्तापक्षमा बसेको थियो ।

मुख्यमन्त्रीसँग अझै २ वटा मन्त्रालय

नयाँ सरकार विस्तार भएपछि कोशी प्रदेश सरकार १० सदस्यीय बनेको छ । ८ मन्त्री र २ राज्यमन्त्री छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । स्वास्थ्य मन्त्रालय शेखर समूहका लागि राखिएको हो ।

मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन् । शुक्रबार शपथ गरेका भौतिक पूर्वाधारमन्त्री राई तेस्रो वरियतामा छन् । त्यसपछिको वरियतामा सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी सिँचाई तथा उर्जामन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन् ।

राज्यमन्त्रीमध्ये सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् । २ दलबीच १३ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति छ । अब डाक्टर शेखर कोइराला समूहले मन्त्री र राज्यमन्त्रीको नाम दिएपछि एमालेले १ राज्यमन्त्री थप्नेछ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.