
बागलुङ । बागलुङमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको जीप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष बुढाकी आमा गोपिमाया बुढा र सोही गाउँपालिकाको वडा नम्बर– २ का वडाध्यक्ष जसबहादुर कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका जीपका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।























