
ललितपुर । शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ ।
कुपण्डोल क्षेत्रको पाटन ढोकातर्फ जाने र पुल्चोकतर्फ आउने सडकको बीचमा रहेको पार्क नजिक सडक भासिएको हो । सडक के कारणले भासिएकोको खुल्न सकेको छैन ।
भासिएको स्थानबाट निस्केको पानी सडकमा बगेपछि सवारीसाधानसमेत प्रभावित भएको छ । सडक मुनिबाट मेलम्चीको पानीको पाइप फुटेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ ।
थप दुर्घटना हुन नदिनका लागि महानगर प्रहरी र नेपाल प्रहरीले स्थान सुरक्षित पार्दै सहज आवागमनको व्यवस्था मिलाएका छन् ।























