नाटक महोत्सवः आइतबार ‘ज्ञ’ मञ्चन हुने

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २९, शनिबार १८:१९

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको ८ औं दिन शनिबार ‘स्मार्ट बन्द’ मञ्चन भएको छ ।

हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुल बेलबारीले नाटक मञ्चन गरेको हो ।

विकास बुढाथोकीद्धारा लिखित तथा निर्देशित उक्त नाटकले अत्याधिक स्मार्टफोन प्रयोगसँग सम्बन्धित समस्याहरुलाई उजागर गरेको थियो ।

नाटकले दर्शकहरुलाई आफ्नो डिजिटल बानीहरुका लागि स्मार्ट र सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको थियो ।

नाटकमा खुशी गुरुङ, समिता राई, युना राई, विजेता गुरुङ, पुकार बस्नेत, श्रद्धा पोखरेललगायतले अभिनय गरेका थिए ।

आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ नामक नाटक मञ्चन गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×