भीममायाले ७५ वर्षमा पाइन् नागरिकता

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार १८:०४

विराटनगर । मोरङ पथरीशनिश्चरेकी एक महिलाले वृद्ध अवस्थामा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

पथरीशनिश्चरे नगरपालिका–९ कि भीममाया श्रेष्ठलाई ७५ वर्षको उमेरमा आइतबार जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता दिएको छ । प्रशासन कार्यालय मोरङले जारीको ०५–०१–८१–०८२४ नम्बरको नागरिकताको प्रमाणपत्र श्रेष्ठलाई मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले हस्तान्तरण गरे ।

घर परिवार भएपनि एक्लै बस्दै आएकी श्रेष्ठ यतिका वर्षसम्म नागरिकताविहीन थिइन् । श्रीमान कूलबहादुरको ४ वर्षअघि निधन भएको र ३ छोरीको बिहेपछि घरमा एक्लै बस्दै आएकी उनी बेस्याहारजस्तै थिइन् ।

उनलाई छिमेकी लोकबहादुर कटुवालले बस्नका लागि ५ धुर जग्गा दिएका थिए । त्यही जग्गामा साना छाप्रो घरमा बस्दै आएकी छन् ।

उमेर छँदा श्रीमानले नागरिकता बनाउन पहल नगरिदँदा वृद्ध अवस्थामा दुःख भोग्दै आएकी छन् । नागरिकता नहुँदा सरकारबाट ज्येष्ठ नागरिकले पाउने सेवासुविधाबाट समेत उनी बञ्चित हुनु परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.