मुस्लिम धर्मावलम्बीको मोहम्मद जयन्ती आज

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३१, सोमबार ०९:१४

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको मोहम्मद जयन्ती (मोहम्मद दिवस) आज (सोमबार) परेको छ ।

यस अवसरमा मुस्लिम धर्मावलम्बीहरुले विविध कार्यक्रमको आयोजना गर्दै छन् । अगुवाहरुका अनुसार विभिन्न कार्यक्रमहरु गरेर मोहम्मद जयन्ती मनाउने तयारी छ ।

यस जयन्तीका अवसरमा सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिएको छ । गृह मन्त्रालयले मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले बिदा दिइएको उल्लेख गरेको छ ।

नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । अन्य समुदायका लागि बिदा दिइएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.