
विराटनगर । मोरङको जहदा गाउँपालिका–२ भीमपुर बेरियामा विषालु सर्पले डसेर मंगलबार बिहानका राति नाबालिकाको मृत्यु भएको छ ।
सर्पले टोकेर स्थानीय बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार सुतिरहेकी नाबालिका पिसाब गर्न भनेर बिहानका राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निस्किएकी थिइन् ।
पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले टोकेको प्रहरीले जनाएको छ । सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए । नाबालिकालाई कुन सर्पले टोको हो भनेर यकिन भइसकेको छैन ।
सर्पले टोकेर घटना भएको जानकारी प्रहरीलाई चिकित्सकले दिएका हुन् । बस्नेतका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।























