प्रकाश राई : शनिबार मिस्टर काठमाडौं जिते, बुधबार बिहान निधन

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १३:००

विराटनगर । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको प्रकाश राईको निधन भएको छ।

शनिबार काठमाडौँमा सम्पन्न प्रतियोगितामा उनी प्रथम हुँदै मिस्टर काठमाडौं घोषित भएका थिए । बुधबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

उनी मोरङको पथरीशनिश्चरे नगरपालिका– १ का बासिन्दा हुन् । मिस्टर काठमाडौँमा उनी फोनिक्स फिटशालाबाट सहभागी भएका थिए ।

प्रतियोगिताका लागि पुगेका उनी टोखा नगरपालिका– ६ स्थित ग्रिनल्यान्ड होटलमा बसेका थिए । बुधबार बिहान एक्कासी लडेपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.