स्थापना दिवसमा वृक्षरोपण

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार २०:११

विराटनगर । जीवन विकास समाजले मोरङको जहदा गाउँपालिका–४ राम चोकमा वृक्षरोपण गरेको छ ।

शनिबार २७ औं स्थापना दिवसको अवसरमा समाजले वृक्षरोपण गरेको हो ।

२०५४ सालमा स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रवर्द्धक संस्था पनि हो । समाजको संस्थापक मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल हुन् ।

स्थापना दिवसको अवसरमा राम चोकको सडक किनारमा बिरुवा रोपेको समाजले जनाएको छ ।

समाजका उपाध्यक्ष अजयकुमार मण्डलको अध्यक्षतामा सुरु भएको वृक्षरोपण कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल प्रमुख अतिथि थिए ।

कार्यक्रममा उनले वातावरण संरक्षणका लागि वृक्षरोपण आवश्यक रहेको बताए । रोपिएको बिरुवा संरक्षण गर्नका लागि उनले स्थानीयवासीलाई आग्रह गरे ।

पृथ्वीको तापक्रम बढ्दै गएको बताउँदै, उनले भने, ‘तापक्रमलाई सन्तुलनमा राख्न पनि वृक्षरोपण गर्नुपर्ने जरुरी छ । पछिल्लो वर्षहरुमा पृथ्वीको तापक्रम निरन्तर बढ्दो छ । जसले वातावरणमा असन्तुलन ल्याएको छ । तापक्रम नियन्त्रण गर्ने उपाय वृक्षरोपण नै हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.