
काठमाडौं । बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।























