झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार ०७:४३
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । झापामा सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ कुमारी चोकमा प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई राति ८ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट बिर्तामोड–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा मंगलबार बिहान २ः४० बजेतिर मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय विकाश लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकल चालकसँग कागजपत्र नभए–नभएको खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.