
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म ४ दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ ।
मौसम विभागले वर्षाको उच्च जोखिम रहेको सूचना जारी गरेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (शुक्रबार र शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
तराई मधेश क्षेत्रमा धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
























