
विराटनगर । काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् अवरुद्ध भएको छ ।
निरन्तर वर्षाका कारण आएको पहिरोले काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
तीन जिल्लामा विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट विद्युत् उपलब्ध गराउने प्रयास थालेको जनाएको छ ।























