रंगेलीमा आगोले घर जल्यो

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार ०७:३५

विराटनगर । मोरङको रंगेलीमा आइतबार साँझ आगोले जलेर एउटा घर ध्वस्त भएको छ ।

रंगेली नगरपालिका–९ शान्ति चोकका मुकुन्दप्रसाद कोइरालाको घरमा साँझ ६ः४५ बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगोले अढाई तले घरसहित रहेका घरमा अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण कागजात सबै जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

घटनामा १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा मानवीय एवं चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको अनुसन्धान सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.