
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ स्थित कृषि फार्ममा मंगलबार बिहान आगलागी भएको छ ।
राजदेव मेहताको टिनको बेरा र फुसको छानो भएको कृषि फार्ममा बिहान ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा फार्म जलेर ध्वस्त भएको छ । फार्मभित्र रहेका कुखुराका ५ सय चल्ला मरेको जानकारी प्रहरीले दिएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।























