
विराटनगर । मोरङको मिक्लाजुङमा टाँटरीको रुखबाट लडेर १ जना घाइते भएका छन् ।
मिक्लाजुङ गाउँपालिका–६ का ३८ वर्षीय राजेन्द्र बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । घाँस काट्न भनेर टाँटरीको रुखमा चढेका उनी मंगलबार बिहान ७ः३० बजेतिर लडेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । बुढाथोकीको ५ वटा करङ भाँचिएको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।























