
झापा । झापाको गौरीगन्ज गाउँपालिका–३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लागेर मृत्यु भएको छ ।
भद्रा खोलामा माछा मार्न लगाएको करेन्टले गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
पानी तान्ने मोटरको तार खोलेर उनले खोलामा करेन्ट प्रवाह गरेका थिए । त्यहीबेलै गिरीलाई करेन्ट लागेको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।























