‘द्वन्द्वपीडितको समस्या स्थानीय तहमा राख्न पाइयोस्’

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १६, बुधबार १९:४२

विराटनगर । राज्यले  समस्या समाधान ध्यान नदिएको द्वन्द्वपीडित महिलाले गुनासो  गरेका छन् ।

गृह मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै द्वन्द्वपीडित महिलाले समस्या समाधानमा राज्यले ध्यान नदिएको बताएका हुन् ।

द्वन्द्व पीडित महिला रीता गिरीले स्थानीय तहसँग आफ्ना समस्या जोडिदिन केन्द्र र प्रदेश सरकारलाई आग्रह गरिन् । आफ्ना समस्याहरू सुनाउन र बुझाउन स्थानीय तहमा सजिलो हुने भएकाले सोही अनुसार व्यवस्थापन गरिदिन आग्रह गरेकी हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तहगत समन्वय र सहकार्यको अभाव देखिएको बताए । । द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालबालिकाको समतामूलक, समानुपातिक सहभागिताका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजनीतिक द्वन्द्व मात्र नभएर जातीय, धार्मिकलगायत द्वन्द्वबाट महिला तथा बालबालिका माथि बढी थिचोमिचो हुने देखिएको बताए । महिलालाई विशेष प्रकारको आर्थिक गतिविधिका कार्यक्रम सञ्चालन गरी सहभागी गराउनु पर्ने बताए ।

कार्यक्रममा मोरङ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.