सर्वसाधारणलाई टीका राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि लगाइदिने

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार २०:१९

काठमाडौं । विजया दशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई अपराह्न साढे ३ बजेदेखि टीका लगाइदिने भएका छन् ।

असोज २६ गते विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा सर्वसाधारणलाई टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ अपराह्न ३ देखि साढे ३ बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यसपछि साढे ३ बजेदेखि साढे ५ बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.