सरकार निरंकुशतातर्फ उन्मुख : डा. कोइराला

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २३, बुधबार १९:२४

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले दुई तिहाइको वर्तमान सरकार दम्भ राखेर अघि बढेको आरोप लगाएका छन् ।

एलिट क्लब विराटनगरको आयोजनामा बुधबार भएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान दुई तिहाइको सरकार निरंकुशतातर्फ उन्मुखतर्फ भएको बताएका हुन् ।

उनले काँग्रेसको संवैधानिक परिषदमा उपस्थित नहुँदा उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको प्रपञ्च र अर्कातर्फ कुलमान घिसिङले बक्यौता रकम उठाउन खोज्दा उनलाई पदबाट निस्कासन गर्न खोज्नुले दुई तिहाइको सरकार कसरी निरंकुशतातर्फ उन्मुख हुँदैछ भन्ने प्रष्ट भएको छ ।

यस्तै, कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान दुई तिहाइको सरकारले जनताको अभिमतको कदर गरेको बताउँदै नेपालको आर्थिक वृद्धि दर न्यून रहेकाले राष्ट्रिय पुँजीको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक रहेको उनले भने ।

सो अवसरमा समाजशास्त्री प्राध्यापक डाक्टर गणेशप्रसाद क्षेत्रीद्धारा लिखित पुस्तक ‘समाजशास्त्री राजनीतिक ज्ञानकोष’को विमोचन गरिएको छ ।

प्राध्यापक डाक्टर प्रमोदकुमार झाले विमोचित पुस्तकको टिप्पणी गर्दे कुनै पनि मुलुकको आर्थिका विकासका लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने पुस्तकमा स्पष्ट उल्लेख गरिएको बताए ।

राजनीतिक स्थायित्व बिना भएको विकास दिगो नहुने र यद्यपी विकास भए पनि त्यो स्थायी हुन नसक्ने स्पष्ट पारे । पुस्तकमा समाज र राजनीति कस्तो हुनुपर्छ भनेर स्पष्ट लेखिएको छ ।

पुस्तक समाजका हरेक क्षेत्रका अगुवाहरुका लागि उपयुक्त हुने बताइएको छ । विशेषगरी राजनीति दल र जनप्रतिनिधिहरुका लागि यो पुस्तक कोसे ढुंगा हुने समाजशास्त्री प्राध्यापक डाक्टर गणेशप्रसाद क्षेत्रीले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.