
ताप्लेजुङ । कुम्भकर्ण हिमाल आरोहणका लागि गएका अमेरिकी नागरिक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. ट्रेकिङ एजेन्सी मार्फत आरोहणका लागि गएका अमेरिकाका नागरिक मिखाइल ओरिअन गार्डनर बेपत्ता भएका हुन् ।
बुधबार दिउँसो हिमाल आरोहणको घुन्साको उत्तरपट्टिको स्थानबाट उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी असोज ५ गते घुन्सा स्थित शेर्पा गेष्ट हाउसमा बसेका थिए । त्यसपछि बुधबार कुम्भकर्ण हिमाल तर्फ प्रस्थान गरेका थिए ।

























