सुख्खा पहिरो : इलामको सुलुबुङ-जमुना सडक अवरूद्ध

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २७, आइतबार १४:५०

इलाम । सुख्खा पहिरोले इलामको सन्दकपुर गाउँपालिका ३ सुलुवुङ र ५ नम्बर वडाको जमुनाबीचको सडक अवरुद्ध भएको छ । माइखोला पुल नजिकै हिजो दिउँसो गएको पहिरोले सडकमा अवरोध पुगेको हो ।

सडकमा पहिरो झरेपछि सदरमुकामसँगको सम्पर्क टुटेको छ । सडकमा अवरोध पुगेकाले आउजाउ गर्न कठिन भएको छ । केही दिन अघिको भीषण वर्षाले पुलको एकातर्फको जीपवाल बगाउदा एक साता भन्दा धेरै सडक अवरुद्ध भएको थियो ।

स्थानीयले श्रमदान गरेर सडक खुलाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.