
विराटनगर । मोरङको लेटाङ नगरपालिका–१ का दमन्त निरौलाको घरमा आज दिउँसो आगलागी भएको छ ।
निरौलाको एक तले काठको टाँडे घरमा खाना पकाउने क्रममा सिलिण्डरको बर्नरबाट ग्याँस लिग हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रुपमा जल्नुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडा वर्तन सबै जलेर नष्ट हुँदा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
लेटाङको दमकल, बुधबार प्रहरी चौकीका प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।























