एआईजी बढुवाका लागि डीआईजीद्वय राणा र ह्योजुको सिफारिस

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १०:४२

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ ।

नेपाल प्रहरीको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षकतर्फ डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणालाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा र प्राविधिक समूहका डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.