
काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको आशंका गरिएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा अहिले नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकायले खानतलासी सुरु गरेका छन् ।
भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाजमा बम रहे वा नरहेको भन्ने आधिकारिक पुष्टि हुन बाँकी छ । ‘अनग्राउन्ड’ रहेको जहाजमा बम राखिएको भनेर दिल्लीबाटै फोन आएको बताइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बमको हल्ला आएकाले वास्तविकता पत्ता लगाउन सुरक्षा टोली विमानस्थल पुगिसकेको बताए । विमानस्थल भने सञ्चालनमा छ ।























