धनकुटामा बस दुर्घटनामा परेर २६ जना यात्रु घाइते

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १०, शनिबार १७:४८

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो २ बजेतिर कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा बस दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ ।

धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्ने जाँदै गरेको को १ ख २७५५ नम्बरको बस सडकबाट ३० फिट तल खसेको बस भीरमाथिको रुखमा अड्किएको थियो ।

उक्त बस दुर्घटनामा परेर केही यात्रु गम्भीर घाइते भएको बताइएको छ । घाइते सबै यात्रुहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.