
तिहारको पहिलो दिन आज धनतेरस । धनतेरसमा सुन, चाँदी लगायतका धातुका समान किन्नेको भिड लागेको छ । धन्तेरसका दिन धन जोडेमा त्यो धन स्थिर हुने शास्त्रमा उल्लेख रहेको छ ।

धनतेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतिक मानेर पूजा गर्ने चलन रही आएको छ । लक्ष्मी माता खुशी भइ धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धनतेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको छ । विराटनगर बजारमा धन्तेरसका दिन सुन, चाँदी, तामाजस्ता धातुजन्य सामान किन्नहरुको घुइँचो बढेको थिये ।

सामान्य व्यक्तिहरुदेखि लिएर सम्पन्न व्यक्तिहरु आफ्नो गच्छेअनुसार सामान किन्न व्यस्त छन् । सामान किन्नेहरुको भिडसँगै दीपावलीको रौनकता बढेको छ ।

व्यापारीहरु पनि धनतेरसमा अरु दिनको तुलनामा अत्यधिक मात्रामा सामान बिक्री वितरण हुने गरेको बताउँछन् । गरगहनासहित विभिन्न वस्तु किन्ने प्रचलन रहेको छ । अरू दिनको तुलनामा यी सामग्रीको व्यापार धनतेरसमा बढी हुने व्यवसायीहरू बताउँछन् ।


























