वर्ल्डलिंकको मुद्दामा सर्वोच्चको पूर्णपाठ : ‘रोयल्टी र आरटीडीएफ छुट दिएको भन्न मिलेन’

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १४, बुधबार ०६:१७

विराटनगर । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुरसञ्चार प्राधिकरणले पठाएको पत्र कानूनसम्मत रहेको फैसला गरेको छ ।

वर्ल्डलिंकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापत झण्डै २ अर्ब कर तिरेको छैन ।रोयल्टी र आरटीडीएफबापतको बाँकी रकम तिर्नू भनी दुरसञ्चार प्राधिकरणले वर्ल्डलिंकलाई पत्राचार गरेकाे थियाे । 

प्राधिकरणले राेयल्टी तिर्न पठाएको पत्र कानूनविपरीत भएको भन्दै वर्ल्डलिंकले दूरसञ्चार प्राधिकरणसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले गत वैशाख ३० मा आर्थिक वर्ष २०६९–७० देखि २०७९-८० सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको राजस्व माग गर्दै दूरसञ्चार प्राधिकरणले पठाको पत्र कानूनसम्मत रहेको फैसला गरेको हो ।

‘छुट दिएका कारण सो शिर्षकबाट प्राप्त आयमा रोयल्टी र आरटीडीएफसमेत नलाग्ने भन्ने निवेदकका तर्फबाट जिकिर लिएको अवस्था छ । तर उल्लिखित आर्थिक ऐनले दूरसञ्चार सेवा दस्तुरसम्म छुट गरेको अवस्था देखिन्छ । दूरसञ्चार सेवा दस्तुर र रोयल्टी एवम् आरटीडीएफ भुक्तानी दुई छुट्टा छुट्टै कानूनी दायित्व भएको तथा उल्लिखित ऐनले रोयल्टी र आरटीडीएफमा छुट दिएको नदेखिंदा दूरसञ्चार सेवा दस्तुरमा छुट भएको व्यवस्थाले रोयल्टी र आरटीडीएफसमेतमा छुट दिएको भनी अर्थ गर्न मिलेन,’ सर्वोच्च अदालतले फैसलामा भनेको छ,’निवेदक कम्पनीले कानूनबमोजिम तिर्नु-बुझाउनु पर्ने रोयल्टी र आरटीडीएफको लगत बमोजिमको बेरुजु रकम असुल उपर गर्नका लागि प्रत्यर्थी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मिति २०८०।१२।१४ को पत्र एवम् सो सम्बन्धी काम कारबाही कानूनविपरित भएको नदेखिएको र कानून बमोजिम भए गरेका काम कारवाही एवम् निर्णयबाट निवेदकको कुनै संबैधानिक तथा कानूनी हक अधिकार हनन भएको भनी मान्न मिल्ने अवस्थासमेत नहुँदा निवेदन माग बमोजिम उक्त निर्णय,पत्राचार तथा काम कारबाह समेत बदर गर्नुपर्ने अवस्था देखिएन ।’

तपाइको प्रतिक्रिया
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×