
काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा नेपालको पहिलो रोजाईमा एक खेलाडी परिवर्तन गरेको छ ।
बंगालादेशलेविरुद्धको फाइनल खेलमा रेखा पौडेलको स्थानमा सरु लिम्बू पहिलो रोजाइमा परेकी हुन् ।
सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेलले आज खेल्न पाइनन् । फिफाको नियममा रातो कार्ड पाएपछि सोही प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लाग्छ । रेखाले खेल्न नपाउने भएपछि उनको स्थानमा सरु लिम्बु मैदान उत्रनेछिन् ।
नेपालका लागि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित पहिलो रोजाइमा पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।



















