साफ च्याम्पियनसीप फाइनल : नेपालले पनि फर्कायो गोल

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १९:४८

काठमाडौं । महिला साफ च्याम्पियनसीपको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरेका छन् ।

गोलको अग्रता भने बंगलादेशले लिएको थियो । लगतै नेपालका लागि अमिसा कार्कीले गोल फर्काइन । कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन् । उनलाई प्रिती राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन् ।

त्यसअघि ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.