हङकङ सुपर सिक्समा इंग्लयाण्डमाथि नेपालको सानदार जित

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार ०८:४७

विराटनगर । नेपालले हङकङमा जारी हङकङ सिक्सेसमा इंग्ल्यान्डमाथि सानदार जित निकालेको छ । पहिलो पटक सहभागिता जनाएको नेपालले इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको हो ।

नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो ।

नेपालको जितमा सन्दीप जोराले १२ रनमा अर्धशतक बनाए । कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए, रासिद खानले  २१ रन जाेडे  ।

नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। यो समूहमा अस्ट्रेलिया पनि छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.