दुर्घटनामा एक जनाको मृत्यु

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार १७:००

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–६ मा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

ढिकुरेबाट छहरेतर्फ जाँदै गरेको बा ५ ख ७०१६ नम्बरको आइचर मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ६२ प २८७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तादी गाउँपालिका–३ का ३६ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको काठमाडौंको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकल तादी–३ का ३२ वर्षीय राजाराम श्रेष्ठले चलाएका थिए ।

दुर्घटनामा चालक श्रेष्ठ र पैदलयात्री लिखु– ५ का १८ वर्षीय प्रशान्त गोतामे गम्भीर घाइते भएका छन् । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको जानकारी दिए ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक चालक ककनी गाउँपालिका–८ का २९ वर्षीय विशालकुमार लामिछानेलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.