कोशीका मुख्यमन्त्रीले लगाए भाइटीका

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १८, आइतबार १३:१७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् ।

झापा गौरदह–३ स्थित निवासमा बहिनीहरु सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दीपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका लगाएका हु्न् ।

मुख्यमन्त्री कार्कीका ५ जना दिदीबहिनी छन् । टीका ग्रहणसँगै मुख्यमन्त्री कार्कीले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए ।

नेपालीहरुको संस्कृति ,परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने भन्दै उनले यस्ता संस्कृति ,परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.