विश्वकप लिग २ मा स्कटल्याण्डसँग खेल्दै नेपाल

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार ०८:५८

विराटनगर । नेपालले आज आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्दैछ ।

तीन खेलमा १ मा जित र २ मा पराजित भएको नेपालले आज राति १० बजेर १५ मिनेटमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको जित निकालेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.