विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा दीपक निर्वाचित

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १९:५९

विराटनगर । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारीक ट्रेड युनियन)कोशी प्रदेशको अध्यक्षमा दीपक नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार विराटनगरमा भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको दोस्रो प्रदेश अधिवेशनबाट नेपाल अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

यसैगरी, उपाध्यक्ष खुलातर्फ चन्द्रदेव महतो, उपाध्यक्ष (महिला)ममता ढकाल, सचिवमा ज्ञानेन्द्र कोइराला, सहसचिवमा श्यामसुन्दर यादव, कोषाध्यक्षमा प्रमोद यादव, सहकोषाध्यक्षमा सञ्जु दास चयन भएका हुन् ।

त्यस्तै, खुला सदस्यहरुमा महेशकुमार दाहाल, देवेन्द्र ठाकुर, अबुबकर आलम, सुरेन्द्रप्रसाद साह, विश्वनाथ साह, पुष्पराज सुवेदी चयन भए भने समावेशी सदस्यतर्फ संगीता राई, रीतु गोइत, सौजन राई, देवनारायण मण्डल, मुकेशकुमार महतो, पुष्पेश्वरप्रसाद साह, भरत विश्वकर्मा, हरिप्रसाद राम र धर्मदत्त बोहोरा चयन भएको निवर्तमान अध्यक्ष सविन दाहालले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले काँग्रेस श्रमजीवीको पक्षमा काम गर्ने पार्टी भएको भन्दै ज्यालादारी कर्मचारीलाई नियुक्ति पत्रको व्यवस्थापन गर्न काँग्रेस सहमत रहेको बताए ।

उनले विद्युत प्राधिकरणमा लामो समय काम गरिरहेका २ हजार ८ सय १३ ज्यालादारी कर्मचारीले नियुक्तिपत्र पाउनु पर्नेमा जोड दिए । अहिले विवादमा रहेको प्राधिकरणले उठाउनु पर्ने २४ अर्ब रुपैयाँ बक्यौता रकम उठाउन सरकारले आलटाल गरिरहेको भन्दै जनताको पक्षमा हुने काम गर्न आग्रह गरे ।

उनले आलटाल नगरी बाँकी बक्यौता रकम उठाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले आफूले २४ अर्ब रुपैयाँ उठाउन माग गर्दा आलोचना भएको बताए ।

राष्ट्रलाई मुनाफा हुने २४ अर्ब उठाउन आफूहरुको जोडदार माग रहेको बताए । उनले ज्यालादारी कर्मचारी र गोटागन्ती कर्मचारीलाई नियुक्त पत्र दिन माग गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.