इलाममा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सम्पन्न

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार २१:०३

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ ।

टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट मैदानमा आयोजना भएको हो । इलाम जिल्ला र नजिकमा उदयमान क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको छ ।

ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दीपेन्द्र चौधरीले छानेका हुन् । इलामबाट उदयमान ३ जना खेलाडी छानिएका छन् ।

छानिएका खेलाडीसहित अन्य ४ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दीपेन्द्र चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.