
झापा । झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका २ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बुधबार साँझमा सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेश गर्दै गरेको २ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका २ जना काँकडभिट्टाको मुख्य नाका प्रयोग नगरी चोरी बाटो हुँदै प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले पक्राउ परेको हो ।
पक्राउ परेका दुवै जनासँग आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएको र साथमा १ हजार ५ सय टाका (बंगलादेशी रुपैयाँ) तथा २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाइएको र आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।























