कोशी प्रदेश प्रहरी खेलकुद र डीएन ग्रुपबीच सम्झौता नवीकरण

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार १७:१३

विराटनगर । खेलकुदको विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डीएन ग्रुपबीच आज सम्झौता नवीकरण भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रहरी खेलकुद समितिका तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र डीएन ग्रुपका तर्फबाट दीपक काफ्लेले सम्झौता नवीकरण पत्रमा हस्ताक्षर गरे ।

कोशी प्रदेश प्रहरी खेलकुद समितिअन्तर्गतका खेलकुद प्रशिक्षक एवं खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्बन्धी आवश्यक सामाग्री र खेलाडीहरुका लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको प्रायोजन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

डीएन ग्रुपले सम्झौतामा उल्लेख गरिएका अनुसार १ वर्षका लागि लाग्ने ५ लाख ५० हजार रुपैयाँ बराबरको चेक  काफ्लेले डीआईजी खापुङलाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै काफ्लेले यसलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा बोल्दै डीआईजी खापुङले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै यो सहयोगले खेलाडीहरुमा थप हौसला प्रदान थपिएको बताए ।

यस सम्बन्धी पहिलो सम्झौता कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका तत्कालीन प्रमुख एसएसपी (हाल डीआईजी) राजन अधिकारीको पहलमा गतवर्ष भएको थियो । प्रहरीका तर्फबाट कोशी प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले सम्झौता गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.