विश्व कपमा छनोट भएको टोलीलाई भव्य स्वागत

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार २०:४७

काठमाडौं । घरेलु टोली युएईलाई पराजित गर्दै विश्व कप यू–१९ महिला क्रिकेटमा छनोट भएको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

महिला क्रिकेट टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले भव्य स्वागत गरे ।

मलेसियामा २०२५ मा हुने आइसीसी यू–१९ महिला टि–२० विश्व कपका र एसिया कपमा स्थान सुरक्षित पार्दै महिला टोली स्वदेश फर्केको हो । आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा खेल्ने छन् ।

विश्व कपमा पहिलो पटक छनोट भएका खेलाडी तथा अफिसियलहरुलाई क्यानले नगदसहित सम्मान गर्ने भएको छ ।

महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही २ लाख ५० हजार र अफिसियलहरूलाई जनही १ लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपालले ६ खेलबाट १० अंक बनाएर विश्व कपमा स्थान बनाएको हो । युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै छनोट भयो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.