नेपालले आज अफगानिस्तानसँग खेल्ने

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार ०६:५१

विराटनगर । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।

फिफा विन्डोअन्तर्गत अफगानिस्तानसँग खेल्न लागेको हो । बुधबार भएकाे पहिलो मैत्रिपूर्ण खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएकाे थियाे ।

नेपालले अफगानिस्तानसँग खेल्न लागेको ११ वर्षपछि हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीचको खेल अफगानिस्तानले १–० ले जितेको थियो ।

नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ । त्यसमा नेपालले ३ र अफगानिस्तानले २ पटक जितेका थियो । एक खेल बराबरीमा टुंगिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.