
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाका विकास निर्माणको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री कार्कीले झापाको आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्नुकासाथै त्यहाँ भइरहेका विकास निर्माणको अनुगमन गरे । उनले कमल गाउँपालिका–३ साना केर्खामा १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको चिल्ड्रेन पार्कको निरीक्षण गरेका थिए ।
पार्क निर्माण स्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयसँगको सहकार्यमा काम गर्न निर्देशन दिए ।
गत वर्ष पर्यटन मन्त्रालयले २५ लाख रुपैयाँमा पार्कसम्म जानका लागि ५८ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पन्न भइसकेको छ ।
पार्कमा स्वीमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको पार्क निर्माण हुन लागेको वडाध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए ।























