मंसिर तेस्रो साताबाट मेयर कप ब्याडमिन्टन प्रतियोगिता

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १४:०५

काठमाडौं । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ ।

सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा बरियता अंक प्राप्त गर्नेछन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद २० हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

४ दिनसम्म संचालन हुने प्रतियोगितामा नेपालभरबाट करिव ३ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेको छ ।

करिव ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले दर्ता शुल्क वापत पुरुष र महिला एकलका लागि १ हजार, पुरुष युगलका लागि २ हजार, यु–१७ का लागि ५ सय र मास्टर्स ४५ वर्षमाथिका लागि २ हजार ५ सय निर्धारण गरिएको सचिव रदीप महर्जनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.