संखुवासभामा दुई जनाको मृत्यु

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १४:४४

विराटनगर । संखुवासभाको सिलिचोङ र मकालुमा भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

सिलिचोङ गाउँपालिका–३ खड्बा खोला नजिकै रहेको तेवा भिरमा लडेर राजन राईको मृत्यु भएको संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार साथीहरूसँग भिरमा चढेर भिर मौरीको मह काढ्ने क्रममा आइतबार साँझ १ सय ५० मिटर अग्लो भिरबाट लडेर उनको मृत्यु भएको हो ।

यसैबीच, मकालु गाउँपालिका–२ सेदुवा कास्वा हाईड्रो पावरको सडकको ट्रयाक खोल्ने क्रममा सोही ठाउँका ३० वर्षीय सुरबिर राईको जेसिबी दुर्घटना परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान जेसिबी अचानक बाटोबाट करिब १ सय मिटर तल झरेर दुर्घटना हुँदा राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.