विद्यालय खेलकुद संघको अध्यक्षमा शीतला सुब्बा

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १८:५१

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङको अध्यक्षमा शीतला सुब्बा चयन भएकी छन् । आइतबार विराटनगरमा भएको भेलाले सुब्बाको अध्यक्षतामा १२ सदस्य नयाँ कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा सुनिल पौडेल, अनुज बाँनिया, सचिबमा विष्णु डंगोल र कोषाध्यक्षमा अर्चना ढुंगेल चयन भए ।

त्यस्तै, सदस्यहरुमा हिराबहादुर थापा मगर, नन्दलाल मण्डल, पराग ढुंगाना, उपेन्द्र कँडेल, आयुष अछामी, श्यामलाल पौडेल, बिहाङ चौधरी र ज्योती महतो चयन भएका छन् ।

अध्यक्ष सुब्बाले विद्यालयस्तरमा खेलकुद क्षेत्रलाई चलायमान गरेर अगाडि बढाउने बताइन् । विद्यालय स्तरदेखि खेलकुदका लागि दक्ष खेलाडी उत्पादन गरेर संघ अघि बढ्ने उनले भनिन् ।

नेपाल विद्यालय खेलकुद महासंघअन्तर्गत जिल्लामा गठन भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.