
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर फुटबल टोली स्वदेश फर्केको हो ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाली टोलीले २ मध्ये १ खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । ताजकिस्तानसँग नेपाल ४–० मा पराजित भएको थियो भने नेपालले अफगानिस्तानलाई २–० ले हराएको थियो



















