
काठमाडौं । नेत्रहीन टि–२० विश्वकपको चौथो संस्करणमा भाग लिन जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुने विश्वकपमा भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीलाई भैरहवाबाट बिदाइ गरिएको हो ।
रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टोलीको बिदाइ गरिएको छ । टोली रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना छन् ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायतले टोलीलाई बिदाइ गरेका थिए ।



















