
काठमाडौं । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा पूर्व राजा ज्ञानेन्द्र शाह सरिक हुने भएका छन् ।
उनी बुद्ध मन्दिरमा आयोजना हुन लागेको पूजा कार्यक्रममा सरिक हुन शुक्रबार जान लागेको शाहको संवाद सचिवालयले जनाएको ।
शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा. फणीराज पाठकले बताए ।























