झापामा गेटले किच्दा एक बालकको मृत्यु

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार ०९:०४

झापा । झापा बिर्तामोड नगरपालिका–१ बुद्ध चोकको एक घरको फलामको गेटले किच्दा एक जना बालकको मृत्यु भएको छ ।

इलामा देउमाई नगरपालिका–८ घर भई बिर्तामोडको बद्ध चोकस्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको ३ वर्षीय दिवाहाङ राईको फलामको चेन गेटले किच्दा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

गत बिहीबार साँझ ७ बजेतिर गेट छेउमा खेल्ने क्रममा चेन गेटले किच्दा घाइते भएका राईलाई तत्कालै बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि बिर्तामोडकै बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

बी एण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार साँझमा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.